Friday, December 28, 2018

Rongli JHS celebrates annual day with Sikkim's Royal family

सरकारी निम्न माध्यमिक पाठशाला, रंगेलीमा 27 दिसम्बरमा विभिन्न कार्यक्रमको आयोजना साथमा वार्षिक पुरस्कार उत्सव एवं विदाई कार्यक्रम सम्पन्न गरियो। दीप प्रज्जवलनबाट शुरू गरिएको कार्यक्रममा विद्यार्थीद्वारा स्वागत गान पश्च्यात स्कूलका प्रधानअध्यापिका सुश्री श्रिया प्रधानले स्वागत संबोधन सहित स्कूलको वार्षिक प्रतिवेदन राखिन। 



महाराजा कुमारी पेमा छिडेनको छोटो परिचय राख्दै शिक्षिका श्रीमती अरूणा राईले उनी तत्कालीन छोग्याल टाशी नामग्याल अनि रानी कुञ्जाङ डिटछो की पुत्री थिइन् अनि उनले सन् 1954 मा रंगेली स्कूललाई नाम दिएकी थिइन्। यस अवसरमा स्कूलको एक ब्लकलाई सिक्किमकी महाराजा कुमारी पेमा छिडेनको नाममा यस कार्यक्रममाझ समर्पित गरिन्दै मुख्य अतिथि क्षेत्र विधायक श्री विक्रम प्रधान अनि राजघरानाका राजकुमार जिग्मी वाङचुक याप्सी फूनखाङ र रामकुमारी सोनाम डोमा याप्सीको बाहुलीबाट विधिवत् रूपमा उदघाटन गरियो। एसएमसीका सबै सदस्यगणको पूर्ण सहयोग रहेर स्कूल द्वारा आयोजित कार्यक्रममा पदोन्नति भई हाल ओख्रे माo स्कूल गएका पूर्व एचएम श्री गणेश कुमार छेत्री, स्थानान्तर भएका शिक्षकद्वय श्री सुशन प्रधान, श्री प्रकाश शर्मा, शिक्षिकाहरू स्मृति प्रधान, कान्ता राई, पीपीटी श्रीमती केo के o थापालाई स्कूल परिवारले ससम्मान विदाई दिइयो भने पूर्व एचएम अनि शिक्षिका कृष्ण कुमारी थापालाई अभिनन्दन जनाइयो। पछिबाट दुवैले आ-आफ्ना अनुभव बाँटे। 
सन् 1951 सालमा रंगेली आएका बेला महाराजा कुमारी पेमा छिडेनको आर्थिक अनुदान अनि स्कूललाई निरन्तर दिन एक उपहार प्राप्त भएको थियो भने उनको नाममा विभाग, सरकारबाट स्कूलको एक ब्लकलाई समर्पित गरिने स्वीकृति हुँदा यहाँ उदघाटन भएको कुरा राख्दै क्षेत्र विधायक श्री विक्रम प्रधानले यस शिक्षाको केन्द्रले भोलिको समयलाई तय गर्नेछ, यो देश, राज्यको कर्णधारलाई निर्माण गर्न शिक्षक - शिक्षिका लागि परेका छन् अनि यो पूर्वाधारलाई संरक्षण गर्न अभिभावक, एसएमसी, सबैलाई जिम्मेवारी दायित्व आउँछ। 
नानीहरूको पढ़ाईप्रति अभिभावकहरू चिन्तनशील हुनुपर्छ भन्दै हामीले आफ्नो गाउँ, समाज निर्माण, पूर्वाधारलाई बनाउन हाम्रो सकारात्मक विचार आउन जरुरी छ। हाम्रो सकारात्मक विचारले यो सिक्किमको काया पलट हुनेछ तर हामी जिम्मेवारीबोध हुनुपर्छ। अभिभावकले आफ्ना नानीहरूलाई किताबी ज्ञानसंगै अशल संस्कार, आध्यात्म ज्ञानपनि सिकाउनपर्ने आह्वान गरे ।

विशिष्ट अतिथिमा जिल्ला अध्यक्ष पूर्व श्री समशेर राई बोखिम, रंगेली पंचायत अनि जीपीयूका पंचायत, पूर्व पंचायत, एचआरडीडी सहित अन्य विभागका अधिकारी तथा कर्मचारी, विभिन्न स्कूल प्रमुख, एसएमसीका प्रमुख सल्लाहकार श्री केएन प्रधान, श्री मनिकुमार गुरुङ सहित अन्य सदस्यहरू, रंगेली बजार विकास समितिका सदस्य, आयोजक स्कूल परिवारको जमघट रहेको कार्यक्रममा राजघरानाका प्रतिनिधित्व गर्दै उपस्थित राजकुमार जिग्मी वाङचुकले संबोधन गरेपछि विशेष स्कूललाई योगदान दिएवापत बीडीओ रिगु श्री सविन्द्र राई अनि एसएमसीका सल्लाहकार श्री पेमा वाङचुक भोटियालाई पनि अभिनन्दन प्रकट गरियो। कार्यक्रममा शिक्षिका, विद्यार्थी समूहद्वारा विदाई गान, शिक्षा आधारित नृत्य, पारम्परिक सांस्कृतिक कार्यक्रमको प्रस्तुति संगै शिक्षकद्वय श्री नवीनचन्द्र ढुङ्गेल, श्री भीम प्रधान, श्री डीबी गिरीको अगुवाइमा स्मृति चिन्ह, अवार्ड अनि पारितोषिक वितरण अन्तर्गत श्री खुश गोपाल श्रेष्ठ(सपरिवार)द्वारा प्रायोजित छात्र अश्फाक आलम(कक्षा ८ टप्पर)लाई बैकुण्ठ राज श्रेष्ठ मेमोरियल अवार्ड, वर्षको सर्वोत्कृष्ट विद्यार्थी अर्पित गुप्ता, कक्षा पाँचका टप्पर स्नेहा छेत्री, नेपाली विषयमा टप्पर द्वय इडेन भोटिया र प्रतिमा राई(स्वर्गीय चन्द्र माया प्रधान स्मृति मेधावी छात्र पुरस्कार, नेपाली विषय), पूनम गुरागाईँलाई नगदसहित कदर पत्र, स्मृति चिन्ह मुख्य अतिथिको बाहुलीबाट प्रदान गरियो। शिक्षिकाद्वय श्रीमती सिता शर्मा अनि सुश्री प्रशान्ती छेत्री द्वारा संचालित कार्यक्रमलाई शिक्षक श्री डीबी गिरीले कृतज्ञता जनाएका थिए।

No comments:

Post a Comment