सरकारी निम्न माध्यमिक पाठशाला, रंगेलीमा 27 दिसम्बरमा विभिन्न कार्यक्रमको आयोजना साथमा वार्षिक पुरस्कार उत्सव एवं विदाई कार्यक्रम सम्पन्न गरियो। दीप प्रज्जवलनबाट शुरू गरिएको कार्यक्रममा विद्यार्थीद्वारा स्वागत गान पश्च्यात स्कूलका प्रधानअध्यापिका सुश्री श्रिया प्रधानले स्वागत संबोधन सहित स्कूलको वार्षिक प्रतिवेदन राखिन। महाराजा कुमारी पेमा छिडेनको छोटो परिचय राख्दै शिक्षिका श्रीमती अरूणा राईले उनी तत्कालीन छोग्याल टाशी नामग्याल अनि रानी कुञ्जाङ डिटछो की पुत्री थिइन् अनि उनले सन् 1954 मा रंगेली स्कूललाई नाम दिएकी थिइन्। यस अवसरमा स्कूलको एक ब्लकलाई सिक्किमकी महाराजा कुमारी पेमा छिडेनको नाममा यस कार्यक्रममाझ समर्पित गरिन्दै मुख्य अतिथि क्षेत्र विधायक श्री विक्रम प्रधान अनि राजघरानाका राजकुमार जिग्मी वाङचुक याप्सी फूनखाङ र रामकुमारी सोनाम डोमा याप्सीको बाहुलीबाट विधिवत् रूपमा उदघाटन गरियो। एसएमसीका सबै सदस्यगणको पूर्ण सहयोग रहेर स्कूल द्वारा आयोजित कार्यक्रममा पदोन्नति भई हाल ओख्रे माo स्कूल गएका पूर्व एचएम श्री गणेश कुमार छेत्री, स्थानान्तर भएका शिक्षकद्वय श्री सुशन प्...
Proud to be a Sikkimese is the definitive digital encyclopedia of Sikkim State. Since 2007, we have archived the rich heritage of the Himalayas, from the history of the Namgyal dynasty to the vibrant cultures of the Lepcha, Bhutia, and Nepali communities. Explore expert insights on Sikkim travel, Buddhist monasteries, folklore, and biodiversity.