Monday, August 01, 2022

सिंगतामले भाषा मान्यता दिवस मनाउने

सिंगतामका नेपाली भाषा प्रेमीहरूले आगामी अगस्ट २० गते भानु उद्यान, सिंगताममा ३०औँ नेपाली भाषा मान्यता दिवस मनाउने निर्णय गरेका छन्। हिजो सिक्किम सरकारी सेवानिवृत्त कर्मचारी कल्याण संघ, सिंगतामको कार्यालयमा भएको बैठकमा समिति गठन गरेको थियो ।



शिक्षा विभाग, राङ्पो उप डिभिजनका संयुत्त निर्देशक श्री केबी क्षेत्रीको अध्यक्षतामा बसेको बैठकले उत्कृष्ट भाषण, निबन्ध र प्रश्नोत्तरीमा अन्तरविद्यालय प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो। सांस्कृतिक कार्यक्रम र कविता वाचन दिनको अन्य आकर्षण हुनेछ।
माननीय स्वास्थ्य मन्त्री तथा क्षेत्रका विधायक डा एमके शर्मा र सिक्किमका माननीय मुख्यमन्त्रीका सल्लाहकार श्री रोहित राज महाराजलाई समितिको प्रमुख पार्टन र पार्टन बनाए। बैठकले चयन गरेको कार्यकारिणी सदस्यमा श्री सुरेश तामाङ, श्री मोहन प्रधान नीरज र श्री सोमनाथ पाण्डे (सल्लाहकार), श्री एलएन प्रधान (अध्यक्ष), केबी क्षेत्री र श्री श्याम राई (उपाध्यक्ष), श्री सुन्दर राई (महासचिव) र श्री आरएन श्रेष्ठ (कोषाध्यक्ष) थिए।

No comments:

Post a Comment