Sunday, November 21, 2021

डुगामा सकि मिला पुन्हि पर्व पालन

सिक्किम राज्यकै प्रथम सामूहिक सकि मिला पुन्हि पर्व गत तारिख १९ नभेम्बार २०२१ पूर्व सिक्किमको डुगा शाखा नेवा: गुठीले भरपूर श्रद्धाको साथमा पालन गर्यो।



पर्वलाई पालन गर्ने क्रममा खरसाङबाट आमन्त्रित पुजनीय गुरुजू श्री अलंकार शाक्य बज्राचार्यले यस पर्वको औचित्यबारे प्रकाश पार्नु हुँदै नेवार समुदाय एक प्रकृति-पूजक जनजाति हुन्, नेवा:हरुले यो पर्व आश्विन शुक्ल पुर्णिमाको रातिदेखि कार्तिक पूर्णिमासम्म मुख्य रूपमा पिँडालु लगायत अन्य कन्दमुल अनि भुटेको मकै, गेडा-गुडी, गहुँ आलु इत्यादि यहीबेला नेवा: नयाँ सालको प्रथम पूर्णिमाको साँझ देउतालाई चढाई खाने चलन रहेको जानकारी गराउनु भयो।
नेवा: भाषामा 'सकि' र 'पिडालु' दुई शब्दको समास शब्द हो ' सकि' भन्नाले पिडालु र ' तिमिला' भन्नाले पूर्ण चन्द्रमा बुझिन्छ यसरी पिडालु चढाउने पुर्णिमा भएकोले यसलाई सकि मिला पनि भनिन्छ। 'सकि' (पिडालु) र 'मना'(उसिन्नु) भएकोले उसिनेको पिंडालु र तरुल देवतालाई चढाउने 'सकिमना' पनि भनिन्छ। साथै गेडा-गुडीहरु भुटेर चढाउने भएकोले हालिमालि पनि भनिन्छ।



आयोजक समिति अनुसार नेवाः संस्कृति अन्तर्गत सबै पर्वहरूले आफ्नै मौलिक विशेषता बोकेको हुँदा तथा नेवा:हरु ले सबै पर्वको पालन गर्न कठिन भएपनि सिक्किमका विभिन्न भेगका नेवारहरुले कमसेकम एक-एकवटा विशेष पर्वको पालन गर्न सके आफ्नै संस्कृतिलाई बचाउनु अनि प्रवर्द्धन गर्न सक्षम हुने धारणालाई लिएर यो पर्वको पालना गरिएको जानकारी रहेको छ। रंगेलीको भीमसेन पूजा, नेवा: पासा, रंगेलीका पहलहरु, रिनाकको गाईजात्रा तथा देन्तामको विभिन्न पहलहरू सराहनीय रहेको बताउनु भयो।
उक्त उत्सवमा नेवा: पासा, रंगेलीलाई पनि विशेष आमन्त्रणा गरिएको थियो। नेवा: पासा, रंगेलीका प्रतिनिधि श्री प्रवीन प्रधानले आयोजक समितिलाई उक्त ऐतिहासिक पहलको निम्ति समस्त नेवाः समुदायको पक्षबाट विशेष बधाई प्रकट गर्दै डुगा शाखा नेवा: गुठीद्वारा गरिएको उक्त पहलको निम्ति कृतज्ञता ज्ञापन गरेका छन्।

No comments:

Post a Comment