Tuesday, March 18, 2008

प्रकृतिको आँखामा आँशु, गाजावालाको रुष्टपनाले पराकाष्ठा नाघ्यो

नेपाली मूलकी छोरी प्रकृति गिरीलाई हिजो शनिवार को कार्यक्रममा जुरीले निकै तल्लो दर्जामा राखेर मार्किङ गरे, उनलाई मध्यम दिइयो । मध्यम भनेको फेल हो, उनीहरुको भाषामा । टप थ्रीको लेवलमा पुग्ने प्रकृतिको गायन कला नभएकै हो त ? पक्कै होइन । उनलाई जुरीले राम्रो नम्वर नदिनुको एउटै कारण छ, उनी नेपाली मूलकी छोरी हुन । बारम्बार व्यापक भोटले लिडिङ गरिराखेकी प्रकृतिसंग जुरीहरु डराएर उनलाई प्रतियोगिताबाट बाहिर निकाल्न बहुत प्रयासहरु पहिले पनि नभएका होइनन, हिजो त उनीहरुको यो सौतेलोपनले पराकाष्ठा नै नाघ्यो । 

कुनाल गाजावालको गुरु आदेश शिवास्तव जो कार्यक्रममा अतिथि थिए उनले प्रृकतिलाई सरताज सवोत्तम दिनु र कार्यक्रमका जुरी कुनाल गाजावालाले मध्यम दिनु भनेको कस्तो जजमेन्ट हो ? हिजोको कार्यक्रम हेरेपछि सवै नेपालीहरु तथा प्रकृतिका फयानहरु निकै रुष्ट छन् । भूपालका हजारौं दर्शकहरुले प्रकृति लाई वान्स मोर भनेर व्यापक सपोट र उनको गायकलाई उत्कृष्ट मान्दामान्दै पनि जुरीलाई प्रकृतिको परफरमेन्स (मध्यम) फेल देखिनु भनेको के हो ? के कुनाल गाजावालालाई नियन्त्रण गर्ने मान्छे नभएकै हो त ? हिजो प्रकृतिलाई एउटै कार्यक्रमम बारम्बार रुवाइयो । यतिवेला नेपाली मन कति रोयो होला, यसको कुनै सीमा छैन । उस्तै परे भारतमा हिजोको छोटे उस्ताद कार्यक्रमलाई लिएर व्यापक प्रदर्शन हुने पककापक्की छ । 
 
कुनाल गाजावालाको यो व्यवहारले कुनाललाई सवैको नजरबाट गिराएको छ । यस्तो चरित्र बोकेको मान्छेलाई गजेन्द्र सिं जस्ता मान्छेले कार्यक्रममा जुरीको स्थान दिनु हास्यापद हो भन्ने भावनाहरु व्यापक भइराखेको पाइन्छ । यस्तो नालायकीपन वोक्ने कुनाल गाजावाललाई जुरीको पदबाट सधैको लागि निकालेर फयाक्ने जिम्मा अव आम प्रकृतिका फयानहरुको तथा गजेन्द्र सिं को हो भन्ने आवाजहरु वुलन्द भइराखेका छन् । अव हुने मेघा फाइनल अप्रिल पाँचमा डिसिजन हुने हुँदा सम्पूर्ण जनताहरु, प्रकृतिका फयानहरु तथा आम नागरिकहरुले प्रकृतिलाई एकपटक फेरि व्यापक भोट दिएर कुनाल गाजावाललाई सवैको सामु नङयाउँन जरुरी भइसकेको छ ताकी अर्को रियालिटी शो मा यी यावत कुराहरु नदोहोरिउन ।
 
प्रकृतिलाई भोट दिएर टप टु मा पुर्‍याउँने जिम्मा तपाईहरु सवैको हो त्यसैले प्रकृतिलाई भोट दिनुहोस्। प्रकृतिलाई इन्टरनेटवाट भोट गर्न यहाँ थिच्नुहोस् । 
 
http://www.gurkhaenterprises.com/

1 comment:

  1. yes Mr Kunal did very bad. They are afraid she may win the tital. so they want to keep Prakriti in the edge even see get No 1 vote it will not possible to enter final round.

    Mr Kunal did same like to Jayant singh also. He said (you got many things here....) it sounds now you have to out and they gave low mark to him.
    really worst minded person.

    Vijay

    ReplyDelete